काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले नयाँ थपिएका संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको जानकारी दिए।
यो सँगै देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ४४ हजार ८७७ पुगेको छ। २४ घण्टामा १५ हजार २५५ पीसीआर परीक्षण भएका छन्।
त्यसैगरी २४ घण्टामा २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
