कोरोना सङ्क्रमणबाट काँग्रेस नेता पुनको निधन

डोटी । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका डोटीका नेपाली कांग्रेसका नेता तेजबहादुर पुनमगरको बुधबार ज्यान गएको छ।

केआईसिंह गाउँपालिका ४ को पूर्वीयाबगर घर भएका ५० वर्षीय पुन केही दिनअघि बिरामी भएपछि उपचारका लाागि कैलाली जानुभएको थियो।

Advertisement

उपचारका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँको सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको आईसीयुमा राखेर उपचार भइरहेको थियो।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठकाअनुसार निमोनियासहित कोरोना सङ्क्रमित नेता पुनको उपचारकै क्रममा ज्यान गएको हो।

पुन: नेपाली कांग्रेसका डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति सङ्घ डोटीका अध्यक्षसमेत थिए। उनका दुई छोरा र श्रीमती छन् ।

More News last news
Loading...