काठमाडौँ । नेपाली काँग्रेसकी प्रभावशाली नेतृ तथा सांसद डा. डिला संग्रौलाले दशैँको मुखमा महंगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद् संग्रौलाले महंगीले दशैँलाई दशा बनाएको बताएकी छन्।
उनले खाद्यान्न, गेडागुडी, खाने तेल, तरकारीलगायत अन्य बस्तुहरुको भाउ अचाक्ली बढाएर नेपाली जनताको ढाड भाचिदिएको टिप्पणी गरेकी छन्।
उनले भनेकी छन्, ‘सदा झैं यसपाली पनि नेपालीहरुको घर आगनमा चाडबाडहरु भित्रीएका छन् । तर,यसपालिको परिस्थिति अरु बर्स भन्दा फरक र भिन्न रहेको छ । कोरोनाको महामारिले आक्रन्त बनेको अबस्थामा सरकारले स्वास्थ्य सेवाबाट हात समेत उठाएर अभिभावकत्व गुमाएको बर्तमान अबस्थामा बिहान बेलुका हातमुख जोर्न समेत बिपन्न नेपाली जनतालाई धौधौ परेको हामी सबैलाई सर्बबिदितै छ।’
दशैँ हो वा दशा ? को अबस्थामा गुज्रिएको बर्तमान सन्दर्भमा कालोबजारी गर्नेहरुको बिगबिगिले खाद्यान्न, गेडागुडी, खानेतेल, तरकारीलगायत अन्य बस्तुहरुको भाउ अचाक्लि बढाएर नेपाली जनताको ढाड भाचिदिएको अबस्था छ । सामान्य नाफा मात्र हैन चर्को मुल्य लिएर यस्तो विषम परिस्थितिमा मानवता बिरोधि कार्यगर्ने जो कोहिलाई बजार हस्तक्षेप र नियन्त्रण गर्ने दायित्व पाएको नेपाल सरकार एबम बाणिज्य आपुर्ती तथा संरक्षक बिभागले ठग, कालोबजारी, म्याद सकिएका बस्तुहरुको बिक्रीवितरण गर्न अबिलम्ब प्रतिबन्ध लगाइयोस्।
ब्यपारिक बर्गले यश अबस्थामा ठूलो छाती देखाइ मानवताको परिचय दिन सकोस् । उपभोक्ता, नागरिक समाज समेतले यो महामारीको अबस्थामा कसैबाट ब्रह्मलुट गर्ने प्रबृत्तिलाई हामी सबैले निरुत्साहित पारौं । दुःखको बेलामा एक नेपालीले अर्को नेपालीलाई सहयोग गरि सरलता साथ चाडबाड मनाऔ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
