उद्योग वाणिज्य महासंघको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको निर्वाचन)० मा उम्मेद्वारी मनोनयन दर्ताका लागि सूचना प्रकाशित भएको छ।

महासंघको ५४ औं साधरण सभा मंसिर ११ गतेदेखि काठमाडौंमा हुँदैछ। जसका लागि महासंघको कार्यकारिणी समितिको निर्णय अनुसार निर्वाचन कमिटिले उम्मेदवारी मनोनयनका लागि सूचना प्रकाशन गरिएको हो।

Advertisement

उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्ने समय २०७७ मंसिर ८ गते साँझ ४ बजेसम्म दिइएको छ।

निर्वाचन कमिटीले निर्वाचनमा मतदान गर्न पाउने प्रतिनिधिको पहिलो नामावली मंसिर २ गते प्रकाशन गर्ने भएको छ।

मतदान गर्न पाउने प्रतिनिधिको नामावलीउपर दाबी विरोध गर्ने समय मंसिर ३ गते ११ बजेदेखि २ बजेसम्म राखिएको छ।

मतदान गर्न पाउने सदस्यविरुद्ध परेको दाबी विरोधउपर छानबिन गरी संशोधनसहितको दोस्रो नामावली प्रकाशन मंसिर ३ गते ६ बजे हुने कमिटीले जनाएको छ।

More News last news
Loading...