एजेन्सी । च्याम्पिन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खराब सुरूवात गरेको छ। मंगलबार भएको खेलमा म्यान्चेष्टर युनाईटेडले पीएसजीलाई २–१ ले हराएको छ।
नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए।
एन्थोनी मार्टियलले ५५औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो।
खेल सकिन ३ मिनेट बाँकी छदाँ पाउल पोग्बाको पासमा रासफार्डले गोल गर्दै गत सिजनको फाईनल खेलेको पीएसजीमाथि युनाईटेडले जित निकाल्यो।
१८ महिना अघिमात्र रासफोर्डकै गोलमा पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो। युनाईटेडका लागि गोलकिपर डेभिड डी जियाले सुधारिएको प्रर्दशन गरे। उनले पीएसजीका नेयमार र केलियन एम्बाप्पेको प्रहारलाई निस्तेज पारे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
