खतिवडालाई अमेरिकाको राजदूत नबनाउन माग गर्दै ३ वटा उजुरी

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा र बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी विरुद्ध राजदूत नबनाउन माग गर्दै ४ वटा उजुरी परेका छन्।

संसद्को सुनुवाई समितिमा युवराज खतिवडालाई राजदूत नबनाउन तीन वटा र लोकदर्शन रेग्मीलाई राजदूता नबनाउन एक वटा उजुरी परेको हो ।

Advertisement

संघीय संसदको सुनुवाई समितिमा अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडालाई राजदूत नबनाउन माग गर्दै तीनवटा उजुरी, परेको स्रोतले जनाएको छ। त्यसैगरी, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीविरुद्ध एउटा उजुरी छ।

सुनुवाई समितिको सोमबार बसेको बैठकले उजुरी हेर्न थालेको छ । तर उजुरीकर्ताहरु सम्पर्कमा नआएका कारण सार्वजनिक नगरिएको समिति स्रोतले जनाएको छ ।

समितिले सूचना निकालेर उजुरीकर्तालाई यहि कार्तिक १७ गते छलफलमा आउन आह्वान गर्ने निर्णय गरेको छ ।

More News last news
Loading...