काठमाडौं । सरकारको प्रवकतामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ तोकिएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको हो।
गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ। यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता थिए। गुरुङ वर्तमान सरकारका चौँथो प्रवक्ता हुन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली प्रवक्ता बनेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
