शुक्लागण्डकीका जनप्रतिधिनिलाई प्रभू लाइफद्वारा जीवन विमा पोलिसी हस्तान्तरण

दुलेगौँडा । प्रभू लाइफ इन्सुरेन्स दमौली शाखाले शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिलाई जीवन विमा पोलिसी हस्तान्तरण गरेको छ ।

आज (आइतबार) नगरपालिकाको कार्यालयमै पुगेर शाखाका प्रमूख प्रेम नारायण अर्यालले प्रभू लाइफ इन्सुरेन्सको जीवन विमा पोलिसी मेयर किसान गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

उक्त नगरपालिकाका प्राय सबै जनप्रतिनिधिको जीवन विमा प्रभू लाइफ इन्सुरेन्सले गरेको छ ।

विमा पोलिसी बुझ्दै नगरप्रमूख गुरुङले जनताको काममा खटिने जनप्रतिनिधिमा भइपरी आउने जोखिम बहन गर्नका लागि बिमा गरिएको बताएका छन् ।

यस्तै प्रभू लाइफ इन्सुरेन्सका शाखा प्रमूख अर्यालले जनप्रतिनिधिहरुले जस्तै सबै जनताले भविश्यमा भइपरी आउने जोखिम बहन गर्नका लागि विमा गर्नुपर्ने र त्यसमा प्रभू लाईफ हातेमालो गर्न तयार रहेको बताए।

More News last news
Loading...