कोरोनाको जोखिम बढेसँगै स्याङ्जाको चापाकोट नगरपालिकाले बनायो सुविधा सम्पन्न आइसोलेशन

काठमाडौँ। स्याङ्जाको चापाकोट नगरपालिकामा कोरोनाको जोखिम वढेपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा सम्पन्न आइसोलेशन तयार गरेको छ।

चापाकोटमा आयोजना गरिएको आँखा शिविरका प्राविधिक र चिकित्सकमा कोरोना देखिएप्छि कन्ट्रयाक ट्रेसिङ गर्दा शिविरमा सहभागीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले आफ्नै खर्चमा सुविधा सम्पन्न आइसोलेशन तयार गरेको हो ।

Advertisement

नगरपालिकामा कोरोना संक्रमणको दरमा बृद्धि भएसँगै उनीहरुको व्यवस्थापन र उपचारका लागि आईसोलेशनको स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले स्थानीय चापाकोट क्याम्पसमा हाललाई ३० वेडको सुबिधा सम्पन्न आईसोलेशन निर्माण गरेको हो । आवस्यकता अनुसार थप गरिदै जाने र हाललाई आइसोलेशनमा चिकित्सक सहितको मेडिकल टिमको व्यवस्था समेत गरिएको छ ।

More News last news
Loading...