काठमाडौँ । पछिल्लो समय देशभर कोरोना संक्रमित बढिरहँदा संघीय राजधानी उपत्यकामा झन् हर्टस्पट नै बनेको छ। काठमाडौँ उपत्यकामा हिजो मंगलबार मात्रै २ हजार १२९ जनामा कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँ जिल्लामा मात्रै १ हजार ७४६ जना रहेका छन्।
काठमाडौँ महानगरपालिकामा मात्रै १५ हजार पाँच सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये सक्रिय सङ्क्रमित सात हजार ५ सय १७ छन्। काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ ।
सबैभन्दा धेरै वडा नम्बर १६ मा सक्रिय संक्रमित ६१६ जना रहेका छन् भने वडा नम्बर १५ मा ५८१, वडा नम्बर ९ मा ५२०, वडा नम्बर ३२ मा ४१३, वडा नम्बर १४ मा ३९४, वडा नम्बर १० मा ३८५, वडा नम्बर ७ मा ३६२, वडा नम्बर ३ मा ३५३, वडा नम्बर ४ मा ३४६, वडा नम्बर ६ मा ३२१ र वडा नम्बर २६ मा ३१० जना सक्रिय संक्रमित छन्।
हेर्नुहोस् महानगरको कुन वडामा कति संक्रमित

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
