नरसिंह श्रेष्ठको अध्यक्षमा राप्रपाको ३९ सदस्यीय सिन्धुपाल्चोक जिल्ला समिति गठन

सिन्धुपाल्चोक  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय एकतापछि नरसिंह श्रेष्ठका अध्यक्षतामा ३९ सदस्यीय नयाँ समिति गठन गरिएको छ ।

दीपकराज खरेल सहअध्यक्ष रहेको समितिका उपाध्यक्षमा टीकालक्ष्मी श्रेष्ठ, हीराप्रसाद नेपाल र होमप्रसाद भट्टराई रहेका छन्। त्यस्तै सचिवमा नातिकाजी सापकोटा, सहसचिवमा दीपक थापा, कोषाध्यक्षमा कृष्णबहादुर गिरी र सहकोषाध्यक्षमा दुर्गा नेपाल रहेका छन् ।  जिल्ला प्रवक्तामा हरि नेपाल चयन भएका हुन् ।

Advertisement

पूर्वसांसद तथा केन्द्रीय सदस्य चलनबहादुर तामाङसहित अन्य केन्द्रीय सदस्यको उपस्थितिमा नयाँ समिति गठन गरिएको राप्रपा सिन्धुपाल्चोकले जनाएको छ ।

नयाँ समिति गठनसँगै राप्रपाले क्षेत्रीय तथा वडा समिति छिट्टै गठन गर्दैछ । पार्टी एकता समायोजन कार्यक्रममा नेताहरूले पार्टी एकीकरणलाई जोड दिइने बताए ।

More News last news
Loading...