स्याङ्जामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

स्याङ्जा । सिद्धार्थ राजमार्गमा पर्ने स्याङ्जाको भीरकोट नगरपालिका-१ को दार्सिङमा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गएको छ।

वालिङबाट भीरकोटतर्फ गइरहेको ग १ क ४३७० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग १३ प २८१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो।

Advertisement

दुर्घटनामा घाइते भएका भीरकोट ३ घर भइ कपिलवस्तु बस्ने ३१ वर्षीय गुप्तबहादुर खत्री र भीरकोट ३ घर भइ वालिङ बस्ने ५८ वर्षीय ढालबहादुर रानाको ज्यान गएको हो।

उनीहरुको उपचारको क्रममा कालिका सामुदायिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

More News last news
Loading...