कलंकी । काठमाडौँको कलंकीमा अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स नेशनल विजनेश ट्रेड सेन्टर (एनबीटीसी) सञ्चालनमा आएको छ ।
कोरोना भाइरस महामारीकैबीच बुधबारबाट कम्प्लेक्स सञ्चालनमा आएको हो ।
ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्षका आधारमा सहकारी अवधारणा अनुरुप यस विजनेश कम्प्लेक्स निर्माण गरिएको हो।
मध्यम वर्गिय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्धेश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए ।
उनका अनुसार काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनी नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन्।
उनले भने, ‘कम्प्लेक्समा गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा उपलब्ध गराउने उद्देश्यले विजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, व्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स, गिफ्ट आइटम लगायत सामानहरु एउटै छानामूनि सरल र सुलभदरमा खरिद गर्न सकिने छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
