काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्ना सेवाहरु शुक्रबार बन्द गरेको छ। कोषमा कार्यरत कर्मचारीमा कोरोना पोजेटिभ देखिएको भन्दै कोषले उपत्यका भित्रका कार्यालयबाट दिइने सबै सेवा बन्द गरेको हो।
कोषले कर्मचारी सञ्चय कोषले आफ्ना सेवा बन्द गरे पनि अनलाइनबाटै गर्न सकिने ‘अनलाइन विशेष सापटी सेवा’ यथावत राख्ने जनाएको छ।
कोषले उपत्यकाभित्र ठमेल, लगनखेल कार्यालय र पुल्चोक र सिंहदरबार सेवा केन्द्रबाट सेवा दिँदै आएको छ।
उपत्यका बाहिर विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटवल, कोहल्पुर, धनगढी, सुर्खेतमा कोषका कार्यालय र धनकुटामा सेवा केन्द्र रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
