धादिङको धार्केमा खुल्यो टाटा गाडीको सर्भिस सेन्टर

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालीले सम्पूर्ण टाटाका व्यावसायिक गाडीहरुको सर्भिस तथा मर्मतको लागि धादिङको धार्केमा रहेको जुंगे खोलामा सर्भिस सेन्टर खोलेको छ।

ग्राहकको मागअनुसार धार्केमा टाटा गाडीको सर्भिस सेन्टर खोलेको कम्पनीले जनाएको छ। सिप्रदीका कस्टुमर केयर कमर्सियल भेइकलका प्रमुख साम्देन लामाले भने, “गाडी बेच्नु मात्र नभएर बिक्रीपछिको सेवालाई ध्यानमा राखेर सिप्रदी अघि बढिरहेको छ । सिप्रदीले कम्पनीको सुरुवातबाटै बिक्रीपछिको सेवालाई उच्च प्राथमिकतामा दिँदै आइरहेको छ।”

Advertisement

उनका अनुसार धार्केमा खोलिएको सर्भिस सेन्टरले राजमार्गमा टाटाको गाडी चलाउने ग्राहकलाई सहजता प्रदान गर्नेछ।

यसैबीच राजमार्गमा आउन सक्ने अप्रत्याशित परिस्थितिमा आकस्मिक मर्मत सेवा प्रदान गर्न सिप्रदीले रोड साइड एसिस्टेन्सको मोबाइल वर्कशपबाट सेवा प्रदान गर्दै आइरहेको छ।

जस अन्तर्गत २४ घण्टा, सात दिन उपलब्ध रहने निःशुल्क फोन नेपाल टेलिकम भए १६६००१५५७७७ वा एनसेल भए ९८०१५७५७७७ मा एक कल फोन गर्दा समस्याको छिटोभन्दा छिटो समाधान पाइने कम्पनीले जनाएको छ।

More News last news
Loading...