स्याङ्जाको गल्याङका १५१ जना नेकपा नेता कार्यकर्ता काँग्रेसमा प्रवेश

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न ११ बाट १५१ जना युवाले नेपाल कम्युनिष्ट पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

जनताको पार्टी नेपाली कांग्रेस भएको र यो देशको समृद्धिको लागि नेपाली कांग्रेसको अपरिहार्यता रहेको भन्दै उनीहरु काँग्रेस प्रवेश गरेका हुन्। उनीहरुले बोल्ने स्वतन्त्रता समेत नभएको पार्टीमा बसेर देशको कुनै परिवर्तन नहुने भन्दै नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन्।

Advertisement

भाषण राम्रै गरेअनुसार परिवर्तन पनि नेकपाले गर्ला भनेर नेकपाको समर्थन गरिए पनि बुझ्दै जाँदा बोल्ने अधिकार समेत नभएको पार्टीमा आएकोमा पछुतो लागेको उनीहरुले बताए।

उनीहरुलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, कांग्रेस नेता लालगोपाल अर्याल, छवि गाहा, राजेन्द्र भट्टराई, राजु भट्टराई, डोलराज खनालको सक्रियतामा पार्टी प्रवेश गराइएको हो।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला कार्यबाहक सभापति बुद्धि बहादुर राना (कुमार) ले नेकपा एमाले र माओवादीले नाम फेरेर नेकपाको नामबाट राज्यको ब्रह्मलुट गरेको आरोप लगाए।

कार्यक्रममा प्रदेश सभा सदस्य भागवत प्रकाश मल्ल, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, गल्याङ नगरसभापती स्यम बस्याल, नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डे, पुर्व जिबिस उपसभापति लालगोपाल अर्याल , स्थानिय तरुण नेता छवि गाहा लगाएयतले युवाहरुलाइ स्वागत गर्दै आफुहरुले जस्तो सुकै परिस्थितिमा पनि नव प्रवेशीहरुलाई साथ दिने प्रतिबद्धता जनाए।

नेकपाको नेतृत्वको स्थानीय सरकार रहेको गल्याङ नगरपालिकामा नेपाली कांग्रेस प्रबेश गर्नेहरु वडा न ११ का हुन जुन मेयर भुपराज अधिकारीको वडा समेत हो। – खगेन्द्र भण्डारीबाट

More News last news
Loading...