जाजरकोट जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुग्यो

जाजरकोट । जाजरकोटको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सँख्या ६ पुगेको छ ।

जुनीचाँदे गाउँपालिका–१ ओलभीरमा भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले जनाकारी दिए ।

Advertisement

बुधबार दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा जुनीचाँदे–११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित ५ जनाको मृत्युको पुष्टि गरिएको थियो । साँझ पुनः १ पुरुषको शव भेटिएको छ।

दुर्घटनामा परी अझै एक जना बेपत्ता र एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार दिउँसो करिब ३ बजेतिर भएको दुर्घटनामा परी जुनीचाँदे–११ का वडाध्यक्ष अमरबहादुर शाही, सोही वडाका खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको हो।

एक मृतक र बेपत्ताको सनाखत हुन नसकेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्रेष्ठले बताए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका नरबहादुर बुढालाई प्रदेश अस्पताल सुर्खेत लगिएको छ।

More News last news
Loading...