काठमाडौँका यी स्थानमाआज (बिहीबार) २ घण्टा लोडसेडिङ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बिहिवार दिउँसो काठमाडौंको बालाजु र कुलेश्वर वितरण केन्द्रका विभिन्न स्थानमा २ घण्टा बत्ती काट्ने भएको छ।

प्राधिकरणले बालाजु वितरण केन्द्र अन्तर्गत ढुङ्गेधारा तथा गोलढुङ्गा फिडर र कुलेश्वर वितरण केन्द्रको स्वयम्भु फिडरमा विहीवार २ घण्टा बत्ती काट्न लागिएको जनाएको छ।

Advertisement

विहीवार दिउँसो २ बजेदेखि ४ बजेसम्म ती स्थानमा बत्ती काटिने प्राधिकरणले जनाएको छ।

रिङरोड विस्तार कार्यक्रम अन्तर्गत एचटी लाइन तथा पोल सार्ने काम भइरहेकाले सो अवधिमा लाइन सटडाउन हुने प्राधिकरणले जनाएको छ।

यी दुई वितरण केन्द्र अन्तर्गत ढुङ्गेधारा, वनस्थली, फुलबारी गेट, नागार्जुन, स्वयम्भु मन्दिर क्षेत्र लगायतका स्थानमा बत्ती काटिनेछ।

More News last news
Loading...