कोरोना बढेपछि तनहुँको एक स्थानीय तह अनिश्चितकालका लागि बन्द

दमौली । तनहुँको एक नगरपालिकाले समुदायस्तरमा संक्रमणको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि नगरक्षेत्र बन्दको घोषणा गरेको छ।

यसअघि एक जनामा संक्रमण देखिएको तनहुँको भीमाद नगरपालिकामा हाल उनको सम्पर्कमा रहेका भीमाद-६ का चार जनामा एकैसाथ संक्रमण भेटिएपछि नगरपालिकाले सूचना जारी गरेर सबै वडा क्षेत्रमा अत्यावश्यकबाहेकका सेवा रोक्ने निर्णय गरेको हो।

Advertisement

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थमनसिंह थापाद्वारा जारी सूचनामा नगर क्षेत्रका सबै संघ संस्था बन्द गर्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनिएको छ।

नगरपालिकाले मध्यरातबाट लागू हुने गरी जारी गरेको सूचना अनुसार अर्को सूचना नआउँदासम्म स्वास्थ्य र सुरक्षा बाहेकका काम सबै रोकिने छ।

More News last news
Loading...