रुपा गाउँपालिकालाई भारतीय दूतावासले दियो एम्बुलेन्स

पोखरा । कास्कीको रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स मार्फत जनतालाई सेवा दिने तयारी गरेको छ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो।

Advertisement

सात वडा रहेको रुपामा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान पोखराबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता रहेको थियो।

सांसद खगराज अधिकारीले सो एम्बुलेन्सको साँचो आइतबार गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले कार्यविधि बनाएर गाउँपालिका आँफैले सहुलिएत दरमा सञ्चालन गर्ने बताए ।

More News last news
Loading...