काठमाडौ । ओली वाट्किन्सले पहिलो हाफमा ह्याट्रिक गरेपछि प्रिमियर लिग च्याम्पियन लिभरपुरमाथि एस्टन भिल्लाले ७–२ को अविष्मरणीय जीत हासिल गरेको छ ।
कीर्तिमानी रकम खर्चेर भिल्लाले अनुबन्ध गरेको वाट्किन्सले आइतबार रातिको खेल अघि कहिल्यै प्रिमियर लिगमा गोल गरेका थिएनन् । तर, लिभरपुलको हाइलाइन र व्यक्तिगत गल्तीको फाइदा उठाउँदै ३९ मिनेटभित्र आफ्नो ह्याट्रिक पूरा गरे ।
कप्तान ज्याक ग्रिलिसले दुई गोल गरे भने तीनवटा गोलको अवसर सिर्जना गरे । अन्य गोल जोन म्याक गिन र रोस बार्क्लेले गरे । लिभरपुलका लागि मोहमद शलाहले दुई गोल गरे पनि उक्त गोल सान्तवना गोल मात्र बन्यो ।
लिभरपुलले एउटा खेलमा सात गोल खाएको सन् १९६३ पछि पहिलो पटक हो भने प्रिमियर लिगमा सन् २०१९ को जनवरी पछि पराजित भएको यो मात्र चौँथो पटक हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
