काठमाडौँ । प्रस्तावित गुरुयोजनाको विरोधमा पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले आइतबार र सोमबार साँझ ७ बजेदेखि ७ः३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरेको छ।
निर्णयानुसार समितिले आइतबार साँझ समितिले ब्ल्याक आउड गर्यो ।
सङ्घर्ष समितिका अनुसार हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा ब्ल्याक आउट कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजीनामा माग गर्दै सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
