काठमाडौँ । तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका ५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्लागण्डकी नगरपालिका ५ मा रहेको केन्दका ५ जनामा आज कोरोना देखिएको हो ।
१ डाक्टर, सुरक्षाकर्मी, अनमी, काउन्टर कर्मचारी र आर्थिक प्रशासनका कर्मचारीमा कोरोना देखिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताए।
ल्याबमा कार्यरत २५ वर्षीया महिलाको ट्रेसिङमा परेपछि परिक्षण गर्दा कोरोना पुष्टि भएको हो। ती महिला बिदामा आफ्नो घर काठमाडौँ गएर फर्किएपछि कोरोना पुष्टि भएको थियो।
ती कर्मचारीमा कोरोना देखिएपछि अस्पताल ४ दिनअघि नै सिल गरिसकिएको छ । अहिले जिपीको आइसोलेसनमा ३२ जना छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
