पोखराको सेती खोँचमा खसेर युवकको मृत्यु, पहिचान खुल्न बाँकी

पोखरा । पोखराको सेती नदी खोँचमा खसेर एक जनाको मृत्यु भएको छ।

शुक्रबार पृथ्वीचोक र रंगशाला जोड्ने चाइना पुलको खोँचमा खस्दा अन्दाजी २०–२२ वर्षका युवकको मृत्यु भएको हो।

Advertisement

बिहान ९ बजे बाटोबाट खोँचमा मान्छे देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले उनलाई साढे १० बजे उद्धार गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए।

अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

उनी को हुन् र कसरी यो घटना भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...