पोखरा । बागलुङको ढोरपाटन–९ बोबाङका बाढी–पहिरो पीडितलाई युवा संघ नेपालले खाध्यान्न र लत्ताकपडा वितरण गरेको छ। गत भदौ १७ गतेको बाढीपहिरोमा ज्यान गुमाएका ढोरपाटन नगरपालिका–९ बोबाङका पीडित परिवारलाई राष्ट्रिय युवा संघ, बागलुङले अत्यावश्यक सामाग्री खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो।

संघले स्वतस्र्फुत रुपमा सहयोग रकम उठाएर २३ पीडित परिवारलाई उक्त सामग्री वितरण गरेको सहयोग अभियानका अभियन्ता सुजन केसीले नयाँ पुस्तालाई बताए। पीडित परिवालाई संघले चामल, व्लाङ्केट, प्रेसर कुकर लगायतका सामाग्री गरी १ लाख ५० हजार बराबरको राहत सामग्री उपलव्ध गराएको राष्ट्रिय युवा संघ, बागलुङका संयोजक रेशम घर्ती मगरले बताए।

यसअघि पनि संघले पीडित परिवारलाई २ लाख ३५ हजार बराबरको राहात वितरण गरेको थियो। दोस्रो चरणको राहत भने युवा संघका नेता सुजन केसीको संयोजकतत्वमा संकलन गरी वितरण गरिएको हो।
‘विपत्तिसँग जुध्न सबैले हातेमालो गरौँ’
राहत अभियानका अभियन्ता राष्ट्रिय युवा संघका नेता सुजन केसीले राहत वितरण कार्यक्रममा बोल्दै विपत्तिसँग जुध्न सबैले हातेमालो गर्नुपर्ने बताए।
केसीले भने, “यस्तो विपत परिस्थिति सबैलाई आउन सक्छ । यस्तो अवस्थामा हामी सबैले हातेमालो गर्नुको विकल्प छैन। त्यसैले मैलेपनि आफ्नै पहल र साथीभाईको सहयोगमा राहात रकम संकलन गरेर तपाइहरुलाई बाँड्न ल्याएको हुँ। कोरोना भाइरस र लामो समयको लकडाउने आक्रान्त भएका बेला पनि देश विदेशबाट धेरै साथिभाईले खाइनखाइ स्वतस्र्फुत रुपमा राहत पठाउनु भएको छ । म हाम्रो अभियानमा जोडिनुभएका सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।”
Posted by SUjan Kc on Wednesday, 30 September 2020
कार्यक्रममा ढोरपाटन नगरपालिका–९ का अध्यक्ष हरि बहादुर घर्ती मगरले विषम परिस्थतीमा साथ दिने सबैलाई धन्यवाद दिएका थिए।

युवा संघ बागलुङका संयोजक रेशम घर्ती मगरको अध्यक्षतामा भएको राहात वितरण कार्यक्रमलाई अनेरास्ववियु बागलुङका संयोजक मिलन काउचाको संञ्चालन गरेका थिए।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
