नेपालगञ्ज मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल । नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेत घर भएकी ७५ वर्षीया महिलाको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको हो।

Advertisement

नेपालगञ्जका ५२ वर्षीय पुरुषको बिहान ५ः२० बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बुधबार राति १ बजे मृत्यु भएको श्रेष्ठले बताए।

मृतक पुरुषमा गत असोज १० गते कोरोना पुष्टि भएकोमा १२ गते उनी मेडिकल कलेजमा भर्ना भएका थिए। उनमा निमोनियाको समस्या देखिएको थियो।

श्रेष्ठका अनुसार सुर्खेतकी महिलामा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएसँगै उनलाई असोज ८ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनी पित्त थैलीसम्बन्धिबाट ग्रसित थिइन्।

More News last news
Loading...