काठमाडौँ । नेपाल रेल्वे कम्पनीमा जागिर खानको लागि ३२ हजार जनाले आवेदन दिएका छन्।
कम्पनीले गएको भदौ २९ गते विभिन्न पदमा एक सय २९ जनाको लागि आवेदन माग गरेको थियो।
१५ दिनको समय दिएर आवेदन माग गरिएकोमा ३२ हजार जनाले आवेदन दिएको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
‘एक सय २९ पदमा मागिएको रेल्वे कर्मचारीमा ३२ हजार निवेदन परेको छ। पहिलो चरणमा शैक्षिक योग्यताका आधारमा मेरिट लिस्ट प्रकाशित हुनेछ। दोस्रो चरणमा अन्तरवार्ता पछि अन्तिम नामावली प्रकाशित गरिने छ। सोर्स फोर्स, चिनजान, नातागोताका आधारमा छनौट गरिने छैन। यो गफ हैन, प्रतिवद्धता पनि हो’, भट्टराईले ट्विटरमार्फत भनेका छन्।
नेपालमा रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीले पाएको छ। सरकारले ढिलो गरी कम्पनी गठन र नियम ल्याउँदा भारतबाट आएको रेल सञ्चालन हुन सकेको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
