काठमाडौँ । आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन्।
जसमा २३० महिला र ४०३ पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै मोरङमा १५२ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी ललितपुरमा १०४, भक्तपुरमा ७२ संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ।
संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन्।
यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
