बुटवल । बिहिबार राती देखि बुटवलबाट बेपत्ता सिनियर अहेब बिष्णु प्रसाद नेपाल मृतावस्थामा फेला परेका छन् ।
नेपालको शव तिलोत्तमा नगरपालिका–१५ बिहुलीमा स्थानीय कुलोको छेवैमा फेला परेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताएका छन् ।
स्थानीयले मृत पुरुषको शव फेला पारेपछि प्रहरी बोलाएको र उक्त शव बिष्णु नेपालकै भएको सनाखत भई सकेको उनले बताए।
सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
