क्रिस्टियानो रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको अवार्ड

एजेन्सी । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस) सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन्।

रोनाल्डोले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै पाँचौपटक यो अवार्ड जितेका हुन्। रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए।

Advertisement

३५ वर्षीय रोनाल्डोले २०१९ मा १० अन्तराष्ट्रिय खेलमा २१ गोल गरेका थिए। पाँच पटकको बालोन डी ओर विजेता रोनाल्डोले सन् २०२० को सेप्टेम्बर दोस्रो साता मात्रै पोर्चुगलका लागि १०१ अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए।

उनले १६५ खेलमा शतकीय गोल पुरा गर्दै विश्व फुटबलमा १ सय गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका थिए। उनीभन्दा अघि इरानका अली दाई १०९ गोल अगाडि रहेको छ।

२०१९ मा इंग्ल्यान्डका ह्यारी केन (१९), इंग्ल्यान्डकै रहिम स्टर्लिङ (१७) र पोल्यान्डका रोबर्ट लेवान्डोस्की (१६) अन्तर्राष्ट्रिय गोल गरेका थिए।

More News last news
Loading...