कलंकीको सडक डिभाइडरमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कलंकीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ।

बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा काठमाडौँ मनमैजुकी २१ वर्षकी सन्जु भुजुको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखा, कलंकीले जनाएको छ।

Advertisement

भुजुको उपचारमा क्रममा कलंकीको शहीद मेमोरियल अस्पतालमा ज्यान गएको हो।

More News last news
Loading...