चितवन । पहिरो खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड ११ बजेपछि सुचारु भएको छ ।
इच्छाकामना गाउँपालिका ६ स्थिति चारकिलो भन्ने स्थानमा बिहीबार विहान ४:३० बजे पहिरो खसेर सडक अबरुद्ध भएको थियो।
पहिरो पन्छाएपछि बिहान सवा ११ बजेपछि सडक दुईतर्फी नै खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
सो स्थानमा दिनहुँजसो पहिरो खसेर घण्टौं सडक अवरुद्ध हुँदै आएको छ। यसअघि बुधबार पनि चारकिलो र पाँचकिलोमा पहिरो खसेर सडक अबरुद्ध भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
