कलंकी । काठमाडौँ महानगरपालिका–१४ की वडाध्यक्ष शोभा सापकोटाको पहलमा छैटौँ चरणको कोरोना परीक्षण सम्पन्न भएको छ । उक्त परीक्षणमा १७१ जनाको कोरोना टेष्ट गरिएको छ। उनीहरुको रिर्पोट आउँन बाँकी छ।
यसअघि वडा नम्बर १४ मा मात्रै ४३६ जनाको कोरोना परीक्षण गरिएको थियो भने कन्ट्रायाक ट्रेसिङ्मा आएका झण्डै ४ सय जनालाई वडाले सिफारिस गरेर टेकु पठाएको थियो ।
१०१ जना आइसोलेशनमा
काठमाडौँ १४ मा हालसम्म २५५ कोरोना संक्रमित मध्ये १०१ जना मानिस आइसोलेशनमा छन्। जसमध्ये ७७ जना होम आइसोलेशनमा छन् । यस्तै, २ अन्य र २२ जना विभिन्न अस्पतालका आइसोलेशनमा छन्।

एक जनाको मृत्यु, १५३ निको
वडामा भएका २५५ जना कोरोना संक्रमित मध्ये एक जनाको मंगलबार मृत्यु भएको छ । काठमाडौँ १४ मा कोरोनाकै कारण नागरिकले ज्यान गुमाएको यो पहिलो पटक हो ।
संक्रमितमध्ये १५३ जना निको भएर घर फर्किसकेको वडाध्यक्ष शोभा सापकोटाले नयाँ पुस्ता डटकमलाई बताइन् । कोरोनाको संक्रमणबाट ज्यान गुमाएका युवक कलंकी क्षेत्र आसपासकै हुन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
