काठमाडौँ १४ मा थप १७८ जनाको कोरोना परीक्षण

कलंकी । काठमाडौँ महानगरपालिका–१४ मा थप १७८ जनाको कोरोना परीक्षण गरिएको छ । वडाध्यक्ष शोभा सापकोटाको पहलमा वडामा १० औँ पटक आइतबार कोरोना परीक्षण भएको हो।

काठमाडौँ १४ को भुवनेश्वरी मन्दिर (नयाँ वडा भवन) को ग्राउन्डमा आइतबार कन्ट्रायाक ट्रेसिङमा परेका, कोरोना भाइरसको केही लक्षण देखिएका र पोजेटिभको पुनः परीक्षण गरी जम्मा १७८ जनाको कोरोना टेष्ट गरिएको वडाध्यक्ष सापकोटाले नयाँ पुस्तालाई बताइन्। यसअघि वडाले ९ पटक कोरोना परीक्षण गराएको थियो।

Advertisement

जसमा २२०० सय भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना संक्रमितको संख्या ८०० नाघ्यो

काठमाडौँ महानगरपालिका १४ मा कोरोना संक्रमितको संख्या ८०० नाघेको छ । वडामा हालसम्म गरिएका विभिन्न परीक्षणमा ८०० बढी संक्रमित फेला परेका हुन्। संक्रमित मध्ये पाँच सय बढी संक्रमित निको भएर घर फर्किसकेका छन् भने ३ जनाको ज्यान गएको छ।

 

 

More News last news
Loading...