पोखरा । आज आइतबार बिहानै गण्डकी प्रदेशका ५ जिल्लामा १६ जना नेपाली सेनासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २९३५ पुगेको छ। क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ३२ जना संक्रमित थपिएका हुन्।
कास्की जिल्ला, पोखरा महानगरपालिका–१६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी रहेका छन् भने स्याङ्जा जिल्ला, पुतलीबजार–३ का ७६ बर्षीय पुरुष र पोखरा महानगरपालिका–९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत छन्।
लमजुङ जिल्ला, सुन्दरबजार–९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत छन् । अन्य सबै कन्ट्रायाक ट्रेसिङबाट पहिचान भएका हुन् । वहाँहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
