काठमाडौँ । प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादक (भिजुअल–एडिटर) अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ।
कार्यालयबाट घर फर्किने क्रममा गौतम सवार मोटरसाईकल (बा २९ प १४७९) लाई ट्रिपर (प्रदेश ३ ०१ क ४५६३) ले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो।
५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा स–परिवार बस्दै आएका थिए । उनको स्थायी घर भने काठमाडौंको धुम्बाराही हो।
गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए । गौतमलाई काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएको थियो । तर, अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जनाएका छन्।
पोष्टमार्टमका लागि गौतमको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको छ। अस्पतालमा प्राइम टिभिका अध्यक्ष ऋषि धमला, सिईओ निर्जल श्रेष्ठ र सहकर्मीहरु पुगेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
