रोशी गाउँपालिका प्रमुख मोक्तानद्दारा चलचित्रकर्मीलाई ५० हजारको राहत वितरण

काभ्रे । कोरोना भाईरस (कोभिड–१९) का कारण लामो समयसम्म लकडाउनको मारमा परेका तामाङ चलचित्रकर्मीलाई रोशी गाउँपालीका प्रमुख डिबी मोक्तानले ५० हजार बराबरको राहत वितरण गरेका छन्।

ह्याङला सिने मिडिया हाउसको राहत संकलन तथा बितरण अभियानमा निर्माता, निर्देशकसमेत रहेका गाउँपालिकाका प्रमुख डिबी मोक्तानले नगद पचास हजार रुपैयाँ सहयोग गरेका हुन्।

Advertisement

कोरोनासँगै समस्यमा परेका तामाङ चलचित्रका कलाकार, प्राविधिक गरेर २२ जनालाई नायक कुमार मोक्तानले राहात वितरण गरेका छन्।

चलचित्रमै जीवन बिताई रहेका थुप्रै कलाकार, नायक नायिका, प्राबिधिक तर्फ लाईटमेन, मेक अप मेन, क्यामेरा म्यान जस्ता ब्यक्तिहरु समस्यामा परेका कारण राहत बितरण तथा संकलन अभियानलाई आफूँहरुले निरन्तरता दिने ह्याङला सिने मिडिया हाउसका प्रबन्धक निर्देशक जयन कुमार मोक्तानले नयाँ पुस्तालाई बताए।

More News last news
Loading...