काठमाडौँ । सानो हुँदा नै जन्मदिने आमा गुमाएका काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका–४ झकुण्डेका कियान वाईवालाई लाउ-लाउ खाउ-खाउ भन्ने उमेरमा शरिरको अत्यावश्यक अंग मिर्गौलाले पनि साथ छोडिदियो।
करिब ४ वर्ष उमेरमा आमा गुमाए, बुवाले अर्कै आमा ल्याए। अहिले २४ वर्षको हुदाँ मिर्गौलाले पनि साथ छोडिदिए । दुखिलाई जता गएपनि दुखै दुख मात्र हुन्छ भनेको त सुनेको थियो । तर कियानको जीवन पनि यस्तै बनेको छ।
आमा कस्ती थिइन् नत देख्न पाएँ, नत माया अनि अनुभव गर्न नै पाएँ । बुवाले कान्छी आमा ल्याएपछि त झन जिन्दगीको बाटो नै फेरियो । जसोतसो ११ वर्ष सम्म त गाँउमै हुर्किए । तर गरिबीका कारणले उनले गाँउ छोड्न बाध्य भए।
काठमाडौँ आएर एउटा घरमा काम गरे। तर पढाउछु भन्ने साहुले नपाएपछि उनले त्यो घर छोड्न बाध्य भए। त्यहाँबाट निस्केर उनि शेर्पाको घरमा सरे र जसोतसो एस् एलसी सम्मको अध्ययन पुरा गरे । त्यसपछि उनले एउटा पसलमा काम गर्दै आफ्नै कमाउँदै पढ्न थाले।
अब त सुखको दिन आउला भन्ने सोचेका कियानलाई फेरि अर्को झन् ठूलो दुखले घेर्यो । दुःख गर्दै आफ्नो पेट पाल्ने मेसो गर्न थालेको केही दिनदेखि नै उनका दुबै मिर्गौलाले काम गर्न छाडे। उनको यो जीवनको बज्रपातसँगै नेपाल मेडिकल शिक्षण अस्पताल जोरपाटीमा डायलासिस गर्न भर्ना भए।
सुरुका दिनहरुमा त आफन्त र परिवारले आएर सञ्चो विसञ्चो सोध्दै सान्तवना दिएर जान्थे । छोराको मृगौला फेल भएको सुनेपछि काभ्रे मण्डन देउपुरबाट बुवा कृष्ण वाईवा आएर भेटे, पैसा खोजेर लिएर आउँछुु र उपचार गर्छु भनेर फर्के ।
तर बुवाको कानमा कसले के फुकी दियो, त्यो बेलादेखि नत वुवा फर्केर आए न त एक पटक फोन नै गरे । बिस्तारै मिर्गौलासँगै आफ्नै वुवा, दाजुभाइ, मामाले साथ छाडे, अनि भएभरको सबै आफन्तले ।
कसैले सहयोग गरेर मिर्गौला फेरिदिए पसिना बगाएर, पौराखी बनेर खाने ठुलो धोको छ, उनी भन्छन्, दाजुभाई, आफन्त र गाउँले मिलेर अभियान चलाएर पनि मिर्गौला फेरेको देखेको छु, आफ्नो त कोहि भएनन्, मेरो आफन्त गाँउले र समाज भएर पनि वेवारिसे हुन पुगेको छु ।
कोहि भेट्न आएनन् । वेवारिसे भएर करिब १० महिना हस्पिटलमा बिताए। आफन्त र अस्पतालमा पैसा तिर्ने कोही नआएपछि अस्पतालले वेवारिस् विरामी भनेर दुव्र्यवहार गरेर अस्पतालबाटै निकालिदियो ।
हस्पिटलमा बस्दा क्षयरोगले पनि समात्यो। सञ्चो विसञ्चो सोध्ने त परको कुरा बिरामी कुर्ने र एक गाँस भात ल्याउने समेत कोही आफन्त भएनन्।
कति दिन भोकै त कति दिन सँगै बसेका बिरामीको आफन्त र कुरुवाले दया गरेर दिएको खाना खाएर बसे ।
अस्पतालबाट निकालिएपछि उनी सानो कोठा लिएर बस्न थाले। केही सहयोगी मन भएका दाइ, दिदी बहिनीले नै सहयोग गरेर विहान बेलुका खाना, औषधीको खर्च र कोठा भाडा जुटाई दिए।
अस्पताल नजिकै भएकाले हिडेर गएर डायलासिस गरेर फकिन्थँे । कोठाभाडा तिर्न नसकेपछि घरबेटीले निकाली दिए र नयाँ कोठामा सरे । तर अहिलेका घरबेटिले पनि त्यस्तै व्यवहार देखाएको उनी सुनाउँछन्।
अहिले बिहान बेलुका एक गास खाना खानाका लागि सोही ठाँउका केही मनकारी व्यक्तीहरुले सहयोग त गरेका छन् तर थाहा छैन उनीहरुको साथ पनि कहिले सम्मको हो।
डायलासिस गरेर मात्रै कति बस्नु, जीवनभर मागेर बाँच्ने पटक्कै मन छैन । कसैले सहयोग गरेर मृगौला फेरिदिए पसिना बगाएर, पौरखी बनेर खाने ठुलो धोको छ । तर न त सहयोग गर्ने कोही छ न त पहल गरिदिने आफन्त नै छ, उनी दुख पोख्छन्।
पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्
यदि तपाईहरु पनि मिर्गौला पीडित कियान वाईवालाई सहयोग गर्न चाहनुहुन्छ भने उनको नम्बरमा कल गर्न सक्नुहुन्छ । स्थाई ठेगानाः काभ्रे जिल्ला मण्डन देउपुर नगरपालिका– ४ झकुण्डे ।
हालः अत्तरखेल गोकर्ण
सम्पर्क : नयाँ पुस्ताडटकम
९८६९८०४४३३ (बिरामी)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
