पोखरा । अविरल वर्षाका कारण पहिरोले घर भत्किँदा कास्कीमा एक युवतीको मृत्यु भएको छ।
कास्कीको रुपा गाउँपालिका–६ बराहचोकका काजीबहादुर विकको घर भत्किँदा उनकी २० वर्षीया छोरी सिर्जना विकको मृत्यु भएको हो।
मंगलबार बिहान करिब साढे ४ बजेको समयमा काजीबहादुरको घरपछाडिबाट खसेको पहिरोले उनको घर पुरेको हो। पहिरोमा पुरिएकी सिर्जनाको शव स्थानीयको सहयोगमा प्रहरीले बाहिर निकालेको छ।
घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता (डीएसपी) सुवास हमालले नयाँ पुस्ता डटकमलाई बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
