कपिलवस्तु । कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रियाशील बनारसी वर्माको सोमबार दिउँसो निधन भएको छ।
मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय वर्मा उपचाररत रहेको परिवारले जनाएको छ । उनको मृत्युपछि गरिएको स्वाब टेस्टमा कोरोना पुष्टि भएको थियो।
उनी नेपाल पत्रकार महासङ्घकका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए।
पत्रकार वर्माको निधनप्रति सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाहले दुःख व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टरलगायत पत्रकार सम्बद्ध सङ्घ संस्थाले समवेदना प्रकट गरेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
