कलंकी । कोरोना भाइरस (कोभिड १९) संक्रमण र निषेधाज्ञाकाबीच काठमाडौँको कलंकीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

शनिबार लायन्स क्लब अफ, काठमाडौँ हाईभिजनको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सञ्चार कार्यालय ताहाचलले प्राविधिक सहयोग गरेको थियो।

लायन्स क्लब हाईभिजनले विश्वभरि फैलिएको कोरोना भाइरसको महामारी र हालको बन्दा–बन्दीका कारण असहज परिस्थितिमा पनि स्वास्थ्य मापदण्ड र सामाजिक दूरीलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका तृतीय उपाध्यक्ष लायन प्रल्लाद खकुरेलले नयाँ पुस्तालाई बताए ।

नेपाल रेडक्रस सोसाइटीले निषेधाज्ञाका बेला देशभर रगतको अभाव भएको भन्दै केही दिन अघि रक्तदान गरी रगत संकलन गर्न सबैमा अपिल गरेको थियो।


![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
