स्याङ्गजा । स्याङ्गजाको पुतलीबजार १ सहिद चोकमा निःशुल्क फुड बैंक स्थापना भएको छ ।
युवा परिवर्तन र समाज लाइ एक्याबद्व गर्दै सामाजिक कार्यमा युवा परिचालन गर्ने उद्देश्य लिएको पहिलो पाइला नेपाल स्याङ्गजा शाखाको पहलमा विपन्न वर्गलाई लक्षित गरी फुड बैंक स्थापना गरेको हो ।
बैंकले लकडाउनका कारण दैनिकी गुजारा गर्न असहज परिस्थिति बाट गुज्रेका श्रमजीवी ब्यक्तीहरु लाइ साहयता गर्ने उद्देश्य लिएको छ।
‘हुनेले दान दिनुहोस् र नहुनेले ढुक्कका साथ लैजानुहोस् भन्ने नाराका साथ फुड बैंक स्थापना गरिएको शाखा संयोजक स्मृति काफ्लेले बताए ।
उक्त फुड बैक १७ गते देखि संचालन मा आएको छ भने हरेक दिन बिहान ११ बजे देखि विपन्न वर्गले त्यहा बाट लाभ लिन सक्नेछन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
