प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोना पोजेटिभ

काठमाडौँ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार राति कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मन्त्री घिमिरेको कोरोना रिपोर्ट पोजिटिभ आएको उनका उनको सचिवालयले पुष्टि गरेको छ ।

Advertisement

मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसेका उनका स्वकीय सचिव राम पोखरेले नयाँ पुस्तालाई बताए ।

More News last news
Loading...