ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् ।
उनले आइतबारदेखि नगर प्रहरी प्रमुखको रुपमा काम गर्न थालेका ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
हाछेथु नेपाल प्रहरीको अवकाशप्राप्त प्रहरी निरीक्षक हुन्।
लामो समय ट्राफिक प्रहरीको रुपमा काम गरेका उनी सडकमा ट्राफिक नियम पालनामा कडाइ गरेर चर्चित थिए।
अवकाशपछि उनको विज्ञता ललितपुरको नगर प्रहरी बलमार्फत उपयोग गरिने महर्जनले बताए।
हाल ललितपुरको नगर प्रहरीमा करिब १५ जना छन् । तर यसलाई छिटै बढाएर ७२ जना पुर्याइँदैछ । त्यसमा ३ जना प्रहरी निरीक्षक पनि हुनेछन् । यो टिम हाछेथुको कमाण्डमा हुनेछ ।
आफू नगर प्रहरी बल प्रमुख नियुक्त भएको हाछेथुले पनि पुष्टि गरे । उनले आफूले बोलेर नभई काम गरेर देखाउने प्रतिक्रिया दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
