नेविसंघका नेता घिमिरेद्वारा देवकोटा र मानव सेवा आश्रमका लागि ५१/५१ हजार सहयोग

काठमाडौँ । नेपाली काँग्रेसको भातृसंख्या नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता निराजन घिमिरेले आफ्नो जन्मदिनको अवसरमा दुईवटै मृगौला फेल भई उपचार गराउन समस्या परेका तरुण दलका पुर्व अध्यक्ष दुर्गा देवकोटालाई ५१ हजार र मानव सेवा आश्रमलाई ५१ हजार सहयोग गरेका छन्।

नेता घिमिरेले सबैले अरु दिन गर्न नसकिए पनि आफ्नो जन्मदिनका दिन समाजसेवा गर्ने मनसाय राख्न आह्वान गर्दै हरेक बर्ष आफूले विभिन्न समाजिक सेवा गर्ने बताए।

Advertisement

घिमिरे मानव सेवा आश्रमका तर्फबाट प्रतिनिधित्व गर्ने लाल प्रसाद पंगेनीलाई उक्त रकम हस्तान्तरण गरेका छन् भने पुर्व अध्यक्ष देवकोटाको सहयोगका लागि श्रीमती कविता देवकोटाको प्राईम बैंकमा रहेको खातामार्फत जम्मा गरेका रकम जम्मा गरेका हुन् ।

पीडित देबकोटाको सहयोगका लागि तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सबैलाई खुल्ला हृदय बनाई उपचारमा सहजता दिलाउन आग्रह गरेका छन्।

नयाँपुस्ता डटकमसहितका सञ्चारमाध्यमहरुले समाचार प्रकाशन गर्न थालेपछि उनको उपचारका लागि सहयाग जुट्न थालेको छ ।

More News last news
Loading...