पाल्पा र वीरगञ्जमा कोरोना संक्रमणबाट थप २ महिलाको मृत्यु

काठमाडौँ । पाल्पा र वीरगञ्जमा थप २ जना कोरोना संक्रमित महिलाको ज्यान गएको छ।

आज कोरोनाको संक्रमणबाट वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

Advertisement

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, पाल्पामा पनि एक ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा ज्यान गएको हो ।

पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो।

कोरोना देखिएपछि उनी सोही दिनदेखि आइसोलेसनमा उपचाररत थिइन् । शुक्रबार बिहानदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका ६:३० बजे उनको मृत्यु भएको मेडिकल कलेजले बताएको छ।

More News last news
Loading...