चितवनका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. नीतु अधिकारीले जानकारी दिइन्।

Advertisement

संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन्। महानगरपालिकाका वडा नं., ७, ९, १०, ११ र १२ मा संक्रमितहरु फेला परेका हुन्।

यो विवरण आइतबार राति १० बजेसम्मको रहेको प्रयोगशालाले जनाएको छ।

भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार २०९ नमुना परीक्षण गरिएको थियो।

More News last news
Loading...