विराटनगर । नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ।
तीजको दर खाने दिन ४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो ।
मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन्।
योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
