सीपीएलमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन, टोलीको लज्जास्पद हार

ट्रिनीडाड । क्यारेबिन प्रिमियर लिग (सीपीएल) मा यस सिजनको टोलीको तेस्रो खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले निकै उत्कृष्ट बलिङ गरेका छन्। तर उनको टोली जमैका ताल्लवाशले नराम्रो हार व्यहोरेको छ।

आइतबार बिहान भएको खेलमा जमैकाले गुयना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गरेको थियो। ब्रायन लारा मैदानमा टस जितेर पहिले बलिङ रोजेको जमैकाले गुयना अमेजनलाई ११८ रनमा मात्रै सीमित गर्न सफल भएको थियो।

Advertisement

१९.१ ओभरमा सबै विकेट लिएको थियो। तर जवाफी ब्याटिङमा उत्रिएका जमैकाका ब्याट्सम्यानले पूरा २० ओभर खेल्दा ७ विकेट गुमाएर १०४ रन मात्रै बनाउन सके। टोली १४ रनले पराजित हुन पुग्यो।

सन्दीपले पूरा ४ ओभर बलिङ गर्दा जम्मा ८ रन मात्रै दिएर २ विकेट लिन सफल भए। सुरुमा आक्रामक ब्याटिङ गरेका गुयना अमेजनका ओपनरले ५ ओभरमै ५५ रन बनाएका थिए।

छैटौं ओभरमा अफगान्स्तिानका युवा बलर मुजिब रहमानले २ विकेट लिएपछि अमेजनको ब्याटिङ सुस्त भएको थियो। ७औं ओभरमा आन्द्रे रसेल र ८औं ओभरमा मुजीवले थप एक विकेट लिए।

९औं ओभरमा सन्दीप बलिङमा आए उनले २ रन मात्रै दिए। त्यसपछि ११ ओभरमा १ विकेट लिँदै जम्मा १ रन लिए। १३औं ओभरमा ३ रन दिए।

१५औं ओभरमा १ विकेट लिँदै एक वाइडसहित २ रन दिए। सन्दीपको ओभर सकिँदा विपक्षी टोलीले ९४ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो।

झिनो लक्ष्य पछ्याएको जमैकाले पहिलो बलदेखि नै विकेट गुमाउन पुग्दा दवावमा पर्‍यो। सुरुवातमा निरन्तर विकेट गुमाएपछि १२.४ ओभरमा ५ विकेट गुमाएर ४८ रन मात्रै बनाएको अवस्थामा क्रिजमा आएका आन्द्रे रसेलले ३७ बलमा ५२ रन बनाएर नटआउन रहन सफल भएपनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन। ८औं नम्बरमा ब्याटिङमा आएका सन्दीप ३ बलको सामना गर्दा कुनै रन नबनाइ आउट भए ।

पहिलो खेलमा जित निकालेको जमैकाले पछिल्ला २ खेलमा हार व्यहोरेको छ।

More News last news
Loading...