नवलपरासीमा भदौ १० गतेसम्म निषेधाज्ञा

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले भदौ ७ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको अवधि ४ दिन थप गरेको छ।

पश्चिम नवलपरासीमा यसअघि साउन ३२ गतेदेखि भदौ ६ गतेसम्म निषेधाज्ञा लागू गरिएको थियो।

Advertisement

जिल्ला प्रशासन कार्यालय नवलपरासीले शनिबार छुट्टाछुट्टै २ वटा सूचना निकालेर निषेधाज्ञाको अवधि भदौ १० गते राति १२ बजेसम्म लम्ब्याएको हो।

कोरोनाको बढ्दो सङ्क्रमणका कारण अनाश्यक भिडभाड, सभा गोष्ठी सेमिनार र मानिसको जमघट नगर्न भनेको छ।

जिल्लाभित्र सञ्चालित बैंक, सहकारी तथा अन्य वित्तिय संस्थाहरूले समेत भदौ १० गतेसम्म कारोबार बन्द गर्ने भएका छन्।

तर अति आवश्यक वस्तुको भने कारोबार गर्न पाइने छ।

More News last news
Loading...